arrow

बस दुर्घटनामा ५१ जनाको मृत्यु भएपछि ग्वाटेमालामा तीन दिन राष्ट्रिय शोक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
accident-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ । 

यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किएपछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो ।

आधा बस नालीमा डुबेको थियो । जसका कारण मानिसहरु बसबाट बाहिर निस्कने मौका पाएनन् । बस प्रोग्रेसोबाट शहर आउँदै थियो। 

यसै क्रममा ग्वाटेमालाका राष्ट्रपतिले यस घटनामा ३ दिनको बिदाको घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ