arrow

एनएसजेएफ पुरस्कारः अग्रजमा भण्डारी र युवामा सापकोटालाई [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
nsjf-journalist-award-81-10.jpg
तस्बिर–एनएसजेएफको फेसबुक पेजबाट ।

काठमाडौँ । यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट बिनयज्योति सापकोटा सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २९औँ स्थापना दिवसको अवसरमा सोमबार ललितपुरको कोरियन बारबीक्यूमा आयोजित कार्यक्रममा मेरो खेल डटकमका सम्पादक भण्डारी र कान्तिपुर टेलिभिजनका सापकोटालाई सम्मान गरेको हो । 

अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा  यो अवार्ड दिँदै आएको छ । पछिल्लो एक दशकदेखि मञ्चले यो अवार्ड गर्दै आएको छ । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बागमती प्रदेश खेलकुद परिषदका सदस्य रवि महर्जन, एनएसजेएफका कार्यवाहक अध्यक्ष निरञ्जन अधिकारी र महासचिव प्रज्ज्वल ओलीले अग्रज पत्रकार भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे । 

सुदूरपश्चिमको डडेलधुरामा जन्मिएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् । २०४४ सालमा हुवाहुरीका कारण दशरथ रगंशालामा ९० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको समयमा रिपोर्टिङ गर्दै भण्डारीले आफ्नो करियर शुरु गरेका थिए ।

त्यस्तै खेलकुद मन्त्री चौधरीले युवा पत्रकार सापकोटालाई ल्यापटप र ताम्रपत्र प्रदान गर्दै सम्मान गरे  सापकोटा छ वर्षदेखि खेलकुद पत्रकारितामा सक्रिय छन् ।
सम्मान कार्यक्रममा भण्डारीले तीन दशक अगाडि आफूहरूले स्थापना गरेको संस्थाबाट सम्मानित हुन पाउँदा खुशीको सीमा नै नरहेको बताए । 

उनले पछिल्ला वर्ष मञ्चले अन्तर्राष्ट्रिय समन्वयका साथै विभिन्न किसिमका गतिविधिहरूमार्फत नयाँ उचाइमा पुर्याउँदा आफूलाई धेरै खुशी लागेको बताए ।

युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका सापकोटाले यो अवार्ड एक दिन आफूले पनि हासिल गर्ने लक्ष्य लिएको र आज यो अवार्ड प्राप्त गर्दा खेलकुद पत्रकारितामा प्रोत्साहन मिलेको बताए ।

युवा तथा खेलकुद मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिॅंदै नेपाली खेलकुद क्षेत्रले प्रतिक्षा गरिरहेको दशौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै आयोजना गर्ने प्रयास भैरहेको बताए । 

राखेप सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको उल्लेख गर्दै आज खेलकुद पत्रकार सम्मानित भैरहँदा समग्र नेपाली खेल क्षेत्र नै सम्मानित भएको महसुस गरेको बताए ।

एनएसजेएफका कार्यवाहक अध्यक्ष निरन्जन अधिकारीले सम्मानित भएका अग्रज पत्रकार भण्डारी र अनुज पत्रकार सापकोटालाई बधाई दिॅंदै खेलकुद पत्रकारिताको व्यावसायिक स्तरोन्नतिका लागि गरिने विभिन्न किसिमको प्रशिक्षण कार्यक्रम सहयोग गरिदिन आग्रह गरे । 

मञ्चका महासचिव ओलीले यस अवार्डका वर्षभर मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रमबारे प्रकाश पारे । 

nsjf-journalist-award-2081 (1).jpg
nsjf-journalist-award-2081 (2).jpg
nsjf-journalist-award-2081 (3).jpg
nsjf-journalist-award-2081 (4).jpg
nsjf-journalist-award-2081 (5).jpg
nsjf-journalist-award-2081 (6).jpg
nsjf-journalist-award-2081 (7).jpg
nsjf-journalist-award-2081 (8).jpg
nsjf-journalist-award-2081 (9).jpg
nsjf-journalist-award-2081 (10).jpg
nsjf-journalist-award-2081 (11).jpg
nsjf-journalist-award-2081 (12).jpg
nsjf-journalist-award-2081 (13).jpg
nsjf-journalist-award-2081 (14).jpg
nsjf-journalist-award-2081 (15).jpg
nsjf-journalist-award-2081 (16).jpg
nsjf-journalist-award-2081 (17).jpg
nsjf-journalist-award-2081 (18).jpg
nsjf-journalist-award-2081 (19).jpg
nsjf-journalist-award-2081 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ