टाटा मोटर्सको ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम सुरु, पुराना गाडी साटेर टियागो इभी र पन्च इभी खरिद गर्न सकिने
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
584
Shares
काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम ल्याउने भएको छ। माघ २८ देखि फागुन ३ गतेसम्म (फेब्रुअरी १०–१५, २०२५) सञ्चालन हुने यस योजना अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टियागो इभी र पन्च इभी खरिद गर्न सकिने छ।
यस एक्सचेन्ज अफरमा सहभागी ग्राहकहरूले निम्न लाभहरू प्राप्त गर्नेछन्: आकर्षक एक्सचेन्ज बोनस, नि:शुल्क चार्जिङ्ग सुविधा (सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम फ्री चार्जिङ्ग), नि:शुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको वार्षिक सवारी कर नि:शुल्क, चार्जिङ्ग बक्स (इन्स्टलेसनसहित), प्रत्येक बुकिङमा आकर्षक उपहारहरू रहेका छन्।
यस अवधिमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक प्रविधियुक्त गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। सिप्रदी ट्रेडिङले इच्छुक ग्राहकहरूलाई यो विशेष अफरबाट लाभ उठाउन आह्वान गर्दै टाटा मोटर्सका नयाँ गाडी खरिद गरी अधिकतम फाइदा लिन आग्रह गरेको छ।
यो अफर सीमित समयका लागि मात्र उपलब्ध छ, टाटा मोटर्सका देशभरका शोरुमहरूमा जानकारी लिन सकिनेछ।