arrow

समीक्षाको प्रश्न- अहिलेसम्म मुलुकमा सुशासन कायम गर्नको लागि के गरिएको छ ? [भिडियो] 

संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गरौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
samikshaya-banskota.jpg

काठमाडौँ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्ने बताएकी छन् । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले ठूला राजनीतिक दलहरूमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको बताइन् । 

उनले ठूला राजनीतिक दलहरूमै सबैभन्दा ठूला भ्रष्टाचारका काण्डहरू रहेको समेत आरोप लगाइन् । उनले अहिलेसम्म मुलुकमा सुशासन कायम गर्नको लागि के गरिएको छ ? भन्दै प्रश्न समेत गरिन् । उनले दलको नेतृत्वमा बस्नेहरूले सयौँ वर्षसम्म हालीमुहाली गर्ने गरेको उल्लेख गर्दै यस्तो चरित्रमा संशोधन गर्न जरुरी रहेको बताइन् । 

उनले भनिन्, ‘भइरहेका दलमा सबैभन्दा ठूला भ्रष्टाचारका फाइलहरू छन् । सबैभन्दा बेथिति तिनै दलहरूमा छन् । हरेक पदका लागि राजनीतिक भागबण्डा भइरहेको छ । अनि हामी कुरा गर्छौँ राजनीतिक क्यारेक्टरको । त्यस्तो राजनीतिक क्यारेक्टर हामीसँग छैन । हामीले साधारण राजनीतिक आचरण निर्माण गर्न खोज्दैछौं । जसको कारण हामीले बनाएको नीतिबारेमा हामीले जनतासँग जानकारी दिनको लागि जनतामाझ जान सकौँ । भ्रष्टाचारका फाइलहरू खोल्नु नपरोस् । हामी सुशासनका बारेमा कुरा र बहस गर्छौँ । साँच्चिकै सुशासन ल्याउनको लागि हामीले के प्रयास गर्‍यौँ ? हामी अहिले संविधान संशोधन गर्नुपर्‍यो भनेर भन्दैछौं । संविधानभन्दा पहिले नेताको चरित्र संशोधन गर्नुपर्‍यो । राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्यो‍ । तपाईँको दलमा एक चोटि आएपछि एक्जिट हुने प्लान नै छैन । तपाई सयौँ वर्षसम्म पनि त्यही बसेर सत्ताको हालीमुहाली गर्नुहुन्छ । त्यस्तो चरित्र संशोधन गरौँ न । संविधानमा संशोधन त त्यही लेखिएको छ त्यहीँ गएर गर्दा भइहाल्यो नि ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ