arrow

दिल्ली विधानसभा चुनावमा मतदान जारी, आपमाथि भाजपा भारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
delhi-election-2025-w.jpg

काठमाडौँ । भारतको दिल्लीमा विधानसभा निर्वाचन भइरहेको छ । ७० सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो । 
दिल्लीका १ करोड ५६ लाख मतदाताले साँझ ६ बजेसम्म मतदान गर्न सक्नेछन् । यसका लागि १३ हजार पोलिङ स्टेशन बनाइएको छ । 

लोकसभा चुनावमा इन्डिया ब्लकका साझेदार रहेका पाँच पार्टी विधानसभा निर्वाचनमा भने एक आपसमा भिडिरहेका छन् । 

आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आपसमा भिडिरहेका छन् । त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाले ६, कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट र कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट लेलिनिस्टले २–२ सिटमा आफ्ना प्रत्यासी उठाएका छन् । 

भारतीय जनता पार्टी (भाजपा) ले ६८ सिटमा आफ्ना उम्मेदवार उठाएको छ । दुई सिट सहयोगी पार्टीलाई दिएको छ । जसमा जनता दल युनाइटेड (जेडीयू) र लोक जनशक्ति पार्टी–रामविलास (एजेपी–आर) ले एक एक सिट पाएका छन् । 

महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले ३०सिटमा चुनाव लडेको छ । शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुुख्यमन्त्री एकनाथ सिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेको छ । 

त्यस्तै बहुजन समाज पार्टी (बीएसपी) ७०, असरुद्धीन ओवेसीको अल इन्डिया मजलिस–ए–इत्तिहादुल मुस्लिमिनले १२ सिटमा चुनाव लडेको छ । 

नतिजा फेब्रुअरी ८ तारिखमा आउने छ । 

यसअघिको निर्वाचनमा आपले बाजी मारेको भए पनि यसपालि भने आपको राजनीति बिग्रिएको छ । भाजपाले सुधार गर्ने अपेक्षा गरिएको छ । 

आपका ६३ प्रतिशत उम्मेदवारमा आपराधिक मुद्दा रहेको छ । आपका ४४ जना उम्मेदवारमाथि उक्त केस रहेको हो । 

त्यस्तै कांग्रेसका २९ तथा भाजपाका २० उम्मेदवार छन् । 

पाँच उम्मेदवारको सम्पत्ति सय करोड भारु भन्दा बढी छ भने ६९९ उम्मेदवारमा महिला संख्या मात्र ९६ रहेको छ । 

दिल्लीमा १८ प्रतिशत मतदाता स्विङ भोटर्स हुन् । तिनै १८ प्रतिशतले नै जितहारको कायापलट गर्ने छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ