arrow

म्यानसिटी र म्यानयुको लज्जास्पद हार, आर्सनललाई बहार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
manutd-crystal-25-2-2.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा आइतबार राति म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेका छन् । 

सिटीलाई‌ आर्सनलले ५–१ ले हराएको हो । घरेलु मैदानको यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दूरी घटाएको छ।

आर्सनललाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले मात्र गोल गरे।

ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरेका थिए । ५५ औँ मिनेटमा हालान्डले बराबरी गोल गर्दै सिटीलाई खेलमा फर्काए पनि त्यसको एक मिनेटमै पार्टेले गोल गर्दै आर्सनल २–१ को स्थितिमा पुर्‍याए। त्यसपछि सिटी सम्हालिएर खेलमा फर्किन सकेन ।

स्केलीले ६२ औं मिनेटमा गोल गरे। ७६ औं मिनेटमा हार्भेट्ज र इन्जुरी समयको तेस्रो मिनेटमा नोनेरीले गोल गरेपछि आर्सनलको जित सहज बन्यो।

म्यानयुको पनि विजोग

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले हार व्यहोरेको छ। म्यानयु घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २–० ले पराजित भएको हो।

प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरेका थिए ।

यो हारले म्यानयुको यो सिजन लिग उपाधि जित्ने सपना चकनाचुर भएको छ । 

त्यस्तै अर्को खेलमा टोटनह्याम हट्सपरले बेन्टफोर्डलाई २–० ले हरायो । जारी लिगमा टोटमह्यामको आठौँ खेलमा पहिलो जित हो । 

अंक तालिका 
२३ खेलबाट लिभरपुल ५६ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ । २४ खेलबाट आर्सनल ५० अंकसहित दोस्रो स्थानमा छ । 

नटिंघम फरेस्ट २४ खेलबाटै ४७ अंकसहित तेस्रो स्थानमा हुँदा म्यानसिटी ४१ अंकसहित चौथो स्थानमा छ । न्यूकासल युनाइटेड ४१ अंकबाटै पाँचौँ स्थानमा छ । 

चेल्सी ४० अंकबाट छैटौँ, म्यानयु २९ अंकबाट तेह्रौँ स्थानमा छ । 

लेस्टर सिटी, इप्सविच टाउन र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ