arrow

सरस्वती पूजाः अक्षरारम्भ, आराधना र वसन्त श्रवण [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
shamee-pokharel-saraswati.jpg

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदैछ ।

आजको दिन सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लाग्ने गर्दछ । आजकै दिन साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।

सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा काठमाडौँको स्वयम्भुस्थित सरस्वती मन्दिरमा अक्षरारम्भ गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ । 

विद्यालयमा पूजा
आजको दिन साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। 

आजकै दिन विद्यार्थीहरुलाई विद्यालयमै पूजा आराधना गराउने चलन रहेको छ । सरकारी विद्यालयमा यो चलन रहँदै आए पनि निजी विद्यालयमा विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि विभिन्न अफर पनि चलाइएको हुन्छ । 

नयाँ विद्यार्थी तान्नका लागि धुमधामसँग कार्यक्रम गरिएको हुन्छ । विभिन्न प्रतियोगितासँगै मेलासमेत लाग्ने गरेको हुन्छ । 

वसन्त श्रवण 
राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे  । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो ।  

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।

सोही  अवसरमा  सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअङ्गको प्रमुखहरु सहभागी थिए । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।

saraswatipuja-81-10-21 (1).jpeg
saraswatipuja-81-10-21 (1).jpg
saraswatipuja-81-10-21 (2).jpeg
saraswatipuja-81-10-21 (2).jpg
saraswatipuja-81-10-21 (3).jpeg
saraswatipuja-81-10-21 (3).jpg
saraswatipuja-81-10-21 (4).jpeg
saraswatipuja-81-10-21 (4).jpg
saraswatipuja-81-10-21 (5).jpeg
saraswatipuja-81-10-21 (5).jpg
saraswatipuja-81-10-21 (6).jpeg
saraswatipuja-81-10-21 (6).jpg
saraswatipuja-81-10-21 (7).jpeg
saraswatipuja-81-10-21 (7).jpg
saraswatipuja-81-10-21 (8).jpg
saraswatipuja-81-10-21 (9).jpg
saraswatipuja-81-10-21 (10).jpg
saraswatipuja-81-10-21 (11).jpg
saraswatipuja-81-10-21 (12).jpg
saraswatipuja-81-10-21 (13).jpg
saraswati-akchar1.jpg
saraswati-akchar2.jpg
saraswati-puja-new-student.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ