कानून संशोधनका लागि दुई तिहाई चाहिँदैन, बहुमत भए पुग्छ - विमलेन्द्र निधी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
671
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको उनको गुनासो थियो ।
उनले संविधान संशोधनको मुद्दालाई नेपाली कांग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताए । नेता निधीले संविधान संशोधनको लागि दुई तिहाइ आवश्यक रहेको भएपनि कानून निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताए ।
उनले भने, ‘अहिले संविधान संशोधनको बहस नै भइरहेको छैन । नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा सात बुँदे जुन सहमति भयो, सत्ता गठबन्धनको लागि संविधान संशोधन गर्ने भनेर राखियो । त्यो कारणले अलिकति बढी चहलपहल ल्याएको छ । यो सेन्सेसनलाई क्यापिटलाइज नेपाली कांग्रेसले गरेको छ । संविधान संशोधनको लागि दुई तिहाई चाहिन्छ । कानून निर्माण र कानून संशोधनको लागि दुई तिहाइ चाहिँदैन । संसदमा बहुमत भए पुग्छ ।’