मलङ्गवा । वसन्तपञ्चमी अर्थात सरस्वती पूजाका लागि विद्याकी देवी सरस्वतीको मूर्ति मलङ्गवा नगरपालिका–४ मा निर्माणसहित रङ्गरोगन गरेर बिक्रीका लागि राखिएको छ ।
सोमबार सरस्वती पूजा हो । अधिकांश विद्यालयले सरस्वती पूजामा विशेष कार्यक्रम गर्ने गरेका छन् ।
साथै भर्खरका नानीबाबुलाई विद्यालयमा पहिलो पटक पुर्याउने कामसमेत सोमबारै गरिन्छ । रासस