arrow

लिभरपुल शीर्षमा कायमै, आर्सनल र म्यानसिटी आमनेसामने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
fulham-nu-25-2-2.jpg
तस्बिर– न्यूकासल युनाइटेडका ब्रुनो गुइमारेस र फुल्हमका सान्डर बर्ज (दायाँ), एपी ।

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको अग्रता कायमै रहेको छ । लिभरपुलले गएरातिको खेलमा बर्नमाउथलाई उसकै मैदानमा २–० ले हराएको हो । 

लिभरपुललाई जिताउन दुवै गोल मोहम्मद सलाहले गरे । सलाहले ३० औँ मिनेटमा पहिलो तथा ७५ औँ मिनेटमा कर्टिस जोन्सको पासमा दोस्रो गोल गरेका थिए । 

अन्य खेलको नतिजा 
गएरातिका अन्य खेलमा नटिंघम फरेस्टले ब्राइटनलाई ७–० ले हरायो । क्रिस उडले ह्याट्रिक गरे । 

त्यस्तै एभर्टनले लेस्टर सिटीलाई ४–० ले हरायो । साउथह्याम्पटनले इप्सविच टाउनलाई २–१ ले, फुल्हमले न्यूकासल युनाइटेडलाई २–१ ले तथा वुल्भ्सले एस्टन भिल्लालाई २–० ले हरायो । 

आजका खेल
आजको बहुप्रतिक्षित खेलमा आर्सनलले घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग खेल्दैछ । यो खेल राति १०ः१५ बजे शुरु हुनेछ । 

त्यस्तै बेलुकी ७ः४५ बजे ब्रेन्टफोर्डले टोटनह्याम हट्सपरसँग तथा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । 

अंक तालिका
अंक तालिकामा लिभरपुलको अग्रता कायमै रहेको छ । लिभरपुल २३ खेलबाट ५६ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ । 

त्यस्तै आर्सनल ४७ अंकसहित दोस्रो तथा नटिंघम फरेस्ट २४ खेलबाट ४७ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

म्यानसिटी २३ खेलबाट ४१ अंकसहित चौथो तथा एक खेल बढी खेलेको न्यूकासल युनाइटेड ४१ अंकबाटै पाँचौँ स्थानमा छ । 

चेल्सी र बर्नमाउथको ४० अंक छ । 

लिगमा लेस्टर सिटी, इप्सविच टाउन र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ