arrow

गाजा युद्धविरामः शनिबार तीन इजरेली, १८० प्यालेष्टिनी बन्दी रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
israel-palestine-exchange-2.jpg
तस्बिर फाइल

काठमाडौँ । हमासका लडाकूसमूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरेली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् ।

युद्धविराम सम्झौता अनुसार इजरेलले बन्धकको रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छोडेको छ ।

इजरेलले शनिबार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको सजाय वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू हुन्।

इजरेल र प्यालेस्टिनी इस्लामिक समूह हमासबीच जनवरी १९ देखि लागू भएको युद्धविराम र बन्धक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो। 

प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरेल आइपुगेको इजरेली सुरषा बल (आईडीएफ)ले जनाएको छ।

अर्का बन्धक ६५ वर्षीय किथ सिगललाई भने शनिबार नै गाजासिटीबाट मुक्त गरिएको थियो । उहाकोँ इजरेल र अमेरिकाको दोहोरो नागरिकता रहेको छ । 

उनीहरू जनवरी १९ मा इजरेल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन्।

यसैबीच, बिवासकी श्रीमती र दुई छोराहरूको बन्धक रहेकै अवस्थामा गाजामा मृत्यु भएको भनिएको घटनाबारे इजरेलले मध्यस्थकर्ताबाट स्पष्ट जानकारी मागेको छ । बन्धक बनाइँदा बिवासका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए।

हमासले इजरेली हवाइ हमलामा परेर सन् २०२३ नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरेपनि इजरेलले त्यसको अझै पुष्टि गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ