सबैलाई भावुक बनाउने भिडियो राख्दै एलिनाले भनिन् - उहाँलाई गाली नगर्नु होला मलाई गाह्रो हुन्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १९ शनिबार
1.5k
Shares
काठमाडौं । गायिका एलिना चौहानले सबैलाई भावुक बनाउने भिडियो राखेकी छन् । भिडियो राख्दै एलिनाले आफ्ना पति विष्णु सापकोटालाई गाली नगर्नु भन्दै आफैलाई गाह्रो हुने बताएकी छन् ।
गायिका एलिनाले पति विष्णुविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेकी छिन् । चौहानले शुक्रबार पति सापकोटाविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
त्यसपछि उनले समाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै आफूले बिहे गर्न हतार गरेको र अहिले आएर सम्बन्धविच्छेद गर्नुपरेको उल्लेख गरेकी छिन् ।
सम्बन्धविच्छेदको निर्णयमा आफूहरू दुईजनाले सल्लाह गरेर, घरपरिवारको पनि सल्लाहमा सोचविचार गरेर गरेको बताएकी छिन् ।
उनले सम्बन्धविच्छेदको अवस्थामा आइपुग्नुमा विष्णु मात्र दोषी नरहेको भन्दै उनलाई गाली नगर्न शुभचिन्तकहरूलाई आग्रह गरेकी हुन् ।
आफूले माया गरेको मान्छेलाई अरूले गाली गर्दा आफैँले गाली खाँदा भन्दा बढी पीडा हुने बताएकी छिन् ।
चौहान झापा विर्तामोड नगरपालिका ७ स्थायी घर भएकी हुन् भने सापकोटा बागलुङ नगरपालिका ५ का हुन् ।
उनीहरूबीच २०८१ बैशाख १ गते बिहे भएको थियो । बिहेपछि पतिसँग अष्ट्रेलिया गएकी चौहान केही महिनाअघि नेपाल आएकी थिइन् । सापकोटा भने अष्ट्रेलियामै छन् ।
सम्बन्धविच्छेद गर्नुको कारणबारे उनले कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रमहरूमा सहभागी भएर कहिलेकाहिँ अबेरसम्म बस्नुपर्ने गरेको तर सापकोटाले कार्यक्रमको बीचैमा फोन गरेर घरमा आउन भन्दै बाधा पुर्याउने गरेको उल्लेख गरेकी छिन् ।