arrow

पूर्वमा एमालेका नेता–कार्यकर्ता भेट्दै विद्याले गरिन् राजनीतिमा आउने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १९ शनिबार
vidya-politics-81-10-19.jpg

धरान । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाएकी छिन् । 

धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन् । 

पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरी तीन जिल्लालाई पिउनसँगै सिंचाइ गर्नका लागि समेत पुग्ने उनको भनाइ थियो।

धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसको लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताइन् ।

प्रदेश सरकारले धरान–मूलघाट सुरूङ मार्ग सम्भाव्यता अध्ययनका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

धरानमा खानेपानीको कमी हुँदै आएको छ ।  पानीको बहस भइरहेका वेला पूर्व राष्ट्रपति भण्डारीले यस्तो उपाय दिएकी हुन्।

भण्डारी केही दिनदेखि पूर्वका विभिन्न  कार्यक्रममा सहभागी जनाउँदै आइरहेकी छिन् ।

कार्यक्रममा सहभागितासँगै एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै हिँडिरहेकी छिन् । 

साथै उनले सक्रिय राजनीतिमा फर्कने संकेतसमेत गरेकी छिन् ।

उनी एमालेकी पूर्व उपाध्यक्ष हुन्् । उनी लगातार दोस्रो कार्यकाल राष्ट्रपति बनेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ