arrow

आज तीन इजरायली बन्दी छाड्दै हमास, कहिले आउला विपीनको पालो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १९ शनिबार
bipin-joshi-file.jpg
तस्बिर – फाइल ।

गाजा । हमासले आज थप ३ जना इजरायली बन्दी रिहा गर्ने भएको छ । इजरायली बन्धकहरूको परिवारको प्रतिनिधित्व गर्ने समूहले शुक्रबार थप तीन बन्दीहरूको नाम पुष्टि गरेको हो ।

जसलाई हमासले शनिबार हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । तिनीहरूमध्ये दोहोरो कार्डधारी अमेरिकी–इजरायली नागरिक रहेका छन् । उत्तरी क्यारोलिनाका ६५ वर्षीय किथ सेइगल ४ दशकअघि इजरायल गएका थिए र हमासको अक्टोबर ७, २०२३ को हमलामा पक्राउ परेका थिए।

हमासले पहिले तीन नामहरू उपलब्ध गराएको थियो र इजरायली अधिकारीहरूले सूची प्राप्त भएको पुष्टि गरेका छन् । जसमा  इजरायली नागरिक यार्डन र  किथ सिगेलको नाम उल्लेख छ । 

आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो ।

कहिले छुट्लान् विपीन जोशी ? 
इजरायलमा अध्ययनका क्रममा हमासले आक्रमण गरी बन्दी बनाएकामा नेपालका विपीन जोशी पनि रहेका छन् । 

उनको अहिलेसम्म हालखवर के छ भन्ने खुलेको छैन । उनको पनि हिराइको अपेक्षा तीव्र बनेको छ । 

यद्यपि अहिलेसम्म हमासले उनलाई रिहा गरेको छैन । अहिलेसम्म रिहा गर्ने लिष्टमा पनि उनको नाम परेको छैन । 

नेपाल सरकारले भने विपीन रिहाइका लागि धेरै नै प्रयास गरेको छ । इजरायल–हमास युद्धको विराम गर्ने गर्न मेहनत गरेको कतार सरकारसँगसमेत नेपाल सरकारले रिहाइको अनुरोध गरिसकेको छ । 

विभिन्न अन्तर्राष्ट्रिय फोरममा समेत पूर्व परराष्ट्र मन्त्री एनपी साउदले मेहनत गरेका थिए । त्यस्तै हालकी परराष्ट्र मन्त्री आरजू राणा देउवाले समेत निकै मेहनत गरिरहेकी छिन् । 

सरकारले जतिसुकै मेहनत गरे पनि अहिलेसम्म विपीनको अवस्था अज्ञात छ । 

इजरायलले धेरै संख्यामा प्यालेस्टिनी छाड्ुदा हमासले भने निकै कममात्रामा मात्र छाडेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ