आज इजरायलले ९० प्यालेस्टिनी बन्दी रिहा गर्दै, हमास सुस्त
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १९ शनिबार
1.3k
Shares
तेल अभिव । इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने भएको छ । गत सातादेखि सुरू भएको युद्बविराम कार्यान्वयनको क्रममा आज ९० जनालाई रिहा गर्ने भएको हो ।
इजरायली कैदीहरूको मिडिया कार्यालयका अनुसार आजीवन कारावासको सजाय भोगिरहेका ९ प्यालेस्टिनी कैदी र ८१ लाई लामो समयदेखि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू रिहा हुन लागेका हुन ।
कतारको मध्यस्थतामा भएको युद्बविरामपछि पहिलो चरणमा कैदी बन्दी रिहा भइरहेका छन् । १५ महिना लामो युद्धविराम रोक्दै हमासले अहिलेसम्म एक दर्जन बढी कैदी रिहा गरिसकेको छ भने इजरायलले सयौँ कैदी रिहा गरेको हो ।
इजरायलको तुलनामा हमास सुस्त देखिएको हो । हमासले अहिलेसम्म नेपालका विपीन जोशीलाईसमेत मुक्त गरेको छैन । उनको अवस्था पनि थाहा छैन ।