भारतले वार्षिक बजेट ल्याउँदै, कति सहयोग पाउला नेपालले ?
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १९ शनिबार
1.5k
Shares
तस्बिर – फाइल ।
नयाँदिल्ली । भारतमा आज आर्थिक वर्ष २०२५–२६ का लागि बजेट सार्वजनिक गरिँदैछ । अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्वजनिक गर्न लागेकी हुन् ।
बजेट बिहान ११ः०० बजे सार्वजनिक हुँदैछ । हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन् । यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ ।
जबकि खुद्रा मुद्रास्फीति अप्रिल–डिसेम्बर २०२४ मा ४.९ मा बढेको देखिएको छ ।
सीतारमणले आज लगातार आठौँ पटक बजेट पेश गर्न लागेकी हुन् । प्रक्षेपणअनुसार पेट्रोल र डिजेलको मूल्य घट्न सक्नेछ । १० लाख भारुसम्मका वार्षिक आम्दानीमा कर निःशुल्क हुन सक्नेछ ।
ग्रामिण भेकका स्नातक युवाहरुलाई रोजगारका लागि इन्टर्नशिपमा लिने योजना बन्न सक्नेछ ।
मेडिकल कलेजमा ७५ हजार सिट थप्ने कार्यक्रम बन्ने अनुमान गरिएको छ ।
घर किनबेच सस्तिने अपेक्षासमेत गरिएको छ ।
नेपाललाई कति सहयोग ?
सो बजेट मन्तब्यपछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ । जसअनुसार सबैभन्दा बढी सहयोग भारतले भुटानलाई दिँदै आएको छ ।
भारतको पहिलो आर्थिक सर्वेक्षण १९५०–५१ मा केन्द्रीय बजेटको एक भागको रूपमा पेश गरिएको थियो । यद्यपि १९६४ देखि, सर्वेक्षण केन्द्रीय बजेटबाट अलग गरिएको छ।
त्यसयता बजेट प्रस्तुत हुनुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक हुन्छ ।