काठमाडौं । कतारमा एघार वर्ष कार्गो व्यवसायमा काम गरेका नारद थापाले राजधानीको ठमेलमा कार्गो कम्पनी संचालनमा ल्याएका छन् । कतारको ‘विन यु सफ’ कार्गोमा कार्यरत थापाले आइतबार ठमेलको जेड स्ट्रीट मार्गमा ‘एरो फ्रेट नेपाल’ नामबाट औपचारिक रुपमा कार्गोको सुरुवात गरे ।
विश्वभर आफ्नो सेवा दिइरहेको ‘विन यु सफ’ कार्गोको अनुभव नेपालमा प्रयोग गर्न कार्गो व्यवसायमा हात हालेको उनले बताए । उनले नेपालमा समेत विगत तीन वर्ष देखि युनिक कार्गोमा काम गर्दै आएका थिए ।
‘एरो फ्रेट नेपाल’ नामबाट संचालमा आएको कार्गोबाट विश्व भरि नै समान निर्यात गर्न सकिने बताइएको छ । विश्वभर एयर फ्रेट,ल्याण्ड सि फ्रेट,डोर टु डोर कुरियर,कस्टम क्लियरेन्स,तथा लाइभ एनिमल ह्याण्डलि¨ सहित विभिन्न सेवा समेत कार्गोले सहज रुपमा उपलब्ध गराउने अर्का संचालक शरद ज्ञवालीले जानकारी दिए ।