काठमाडौं। नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरु उपलब्ध गराएको छ। सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो।
मिशलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको छ।
अब ग्राहकहरुले छिटो छरितो र सहज रुपमा मिशलिन सिराक स्ट्रीट टि.एल. (११०/९०–१८ ६१ पि) र मिशलिन सिटी प्रो टिटी (९०/९०–१९ ५२ पि) टायर खरिद गर्न सक्ने छन्।
पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो। जसअनुसार, पहिले (रु.११,५९९) मूल्य पर्ने मिशलिन सिराक स्ट्रीट टि.एल (रु ९, ९९९) मा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन्। यस्तै, मिशलिन सिटी प्रो टिटी (रु.७,६९९) मा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित (रु.५, ५५५) मा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ।
यसबाट ग्राहकहरुलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्ने छ। अगामी दिनमा सिप्रदी अटोपार्टसले मिशलिनका अन्य टायरहरु पनि दराजमा उपलब्ध गराउने छ। जसले गर्दा ग्राहकवर्गहरुले सुपथ मूल्यमा मिशलिन टायर पाउन सक्ने छन् । सिप्रदी अटोपार्टसले यो विशेष छुटमा मिशलिन टायर दराजबाट खरिद गरी मौकाको फाइदा उठाउन आफ्ना सम्पूर्ण ग्राहकहरुमा हार्दिक अनुरोध गरेको छ।
दराज स्टोरको यो लिंकमा गई आजै अडर गर्न सक्नुहुनेछ ।