arrow

कुरान जलाउने सलवानको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
kuran-fire-salvan-momika.jpg

काठमाडौँ । इराकी कुरान जलाउने सलवान मोमिकाको स्वीडेनमा हत्या भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सलवा मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्वीडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।

मिडिया रिपोर्टका अनुसार सलवानको हत्याको भिडियो सीसीटीभीमा कैद भएको बताइएको छ । किनभने यो गोलीबारी हुनु केही समयअघि लाइभ स्ट्रिममा आएको बताइएको छ। मृत्यु हुने ३८ वर्षीय सलवान मोमिका रहेको प्रहरीले पुष्टि गरेको छ ।

मोमिकालाई लगातार इराकी कुरान जलाएकोमा ज्यान मार्ने धम्की आइरहेको थियो । सन् २०२३ को इद उल अजहा (बकर इद) भन्दा ठीक अघि उनले स्वीडेनमा इस्लाम धर्मको पवित्र पुस्तक कुरान जलाएका थिए ।

यसका लागि उनले अनुमति पनि मागेका थिए र स्थानीय प्रहरीले पनि त्यसका लागि अनुमति दिएको थियो । त्यसपछि उनले कुरान जलाएर विरोध जनाएका थिए ।

इराकका सलवान मोमिका इस्लामिक विचार र विश्वासका आलोचक हुन् । मोमिकाले आफू स्विडेन नाटोमा सामेल हुने विरुद्ध नभई इस्लामको विरोधमा कुरान जलाउन चाहेको बताएका थिए । 

कुरान जलाउनुअघि उनले भनेका थिए, ‘स्वीडेन उठ, यो लोकतन्त्र हो।’ मोमिकाले कुरान जलाएपछि धेरै मुस्लिम देशहरूले यसको कडा निन्दा गरेकासमेत थिए ।

तर पछि उनले स्वीडेन छोडेर नर्वेमा शरण लिने योजना बनाइरहेका थिए । किनभने स्विडेनी सरकारले उनको निवास अनुमति रद्द गरेको थियो। मोमिका स्वीडेनका एक इराकी शरणार्थी थिए । स्वीडेन छाड्ने विषयमा मोमिकाले स्वीडेनमा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको संरक्षण ठूलो झूट भएको बताउँदै आएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ