वासिंगटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गैरकानूनी आप्रवासीका सम्बन्धमा कडा अडान राखेका छन् । उनी यस मामिलामा कुनै पनि हालतमा सौदाबाजी गर्न चाहँदैनन् ।
न त यो मामिला थामिन दिन चाहन्छन् । यही कारणले ट्रम्पले अवैध आप्रवासीको बारेमा धेरै बयान दिइरहेका छन् । उनले अवैध आप्रवासीलाई विश्वकै सबैभन्दा खतरनाक जेल गुआन्टानामो बेमा राखिने बताएका छन् ।
९–११ आक्रमणपछि आतंकवादी संदिग्धलाई राख्न यो जेल प्रयोग गरिएको थियो । यो जेललाई संसारभरका मानिसहरूले ‘नर्क’ भन्छन् । जसका कारण अमेरिकाले पटकपटक आलोचनाको सामना गर्नु परेको छ ।
ह्वाइट हाउस भन्छ, ‘उनी एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछन् जसले पेन्टागन र होमल्याण्ड सेक्युरिटी विभागलाई ३० हजार आप्रवासीहरूलाई ग्वान्टानामो बेमा राख्न अनुमति दिनेछ। यो कदमले अवैध आप्रवासीहरूलाई पक्राउ गर्ने हाम्रो क्षमता तुरुन्तै दोब्बर बनाउने छ।’
यस क्रममा ट्रम्पले ह्वाइट हाउसमा मारिएका २२ वर्षीय अमेरिकी नर्सिङ विद्यार्थी लाकान रिलेका अभिभावकको बारेमा पनि कुरा गरेका छन् । नयाँ आप्रवासी अपराध विधेयक ऐनमा यी विद्यार्थीको नाम राखिएको छ । ट्रम्पले भने कि ‘हामी लकानको सम्झनालाई सधैं हाम्रो हृदयमा जीवित राख्नेछौँ ।’
आजको कारबाहीले हाम्रो देशको कानूनमा उनको नाम सदा रहिरहनेछ र यो धेरै महत्त्वपूर्ण कानून हो। संसारभर कैयौं जेलहरू छन्, जसको फरक कथाहरू छन्। तर अमेरिकाको ग्वान्टानामो बे जेललाई संसारकै नरक भनिन्छ । अमेरिकाले क्युबामा यो जेल बनाएको छ । यस कारागारको विशेषता भनेको यहाँ आउने कैदीलाई लामो समयसम्म बिना सुनुवाइ नै राखिन्छ ।
किनभने यो जेल आतंककारी र उनीहरूका संदिग्धहरूलाई राख्नको लागि बनाइएको थियो। यस कारागारमा शारीरिक यातनासँगै मानसिक यातना दिइन्छ । जसरी कैदीहरूलाई धेरै दिन सुत्न दिइँदैन। यससँगै उनीहरुलाई कालो अँध्यारो कोठामा राखिएको छ, जहाँ सूर्यको प्रकाश पनि छिर्न दिइँदैन ।
यो जेल सन् १९०३ मा स्थापना भएको हो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसलाई बन्द गर्ने कुरा गरेका थिए तर यो जेललाई लिएर अमेरिकाको विश्वभर आलोचना भइरहेको छ । यो जेल अमेरिकामा सेप्टेम्बर ११, २००१ मा भएको आतंकवादी हमलापछि शुरु भएको थियो, जसलाइ नर्क भनिने गरिएको छ ।