arrow

चिसो र रातका कारण जहाज दुर्घटनामा उद्धार कार्य कठिन, १८ शव फेला, ४९ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
plane-heli-usa-search.gif

वासिङ्टन । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी एक यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्दार कार्य जारी रहेको अधिकारीले बताएका छन्।

आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एयरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताए । 

उनले भने, “करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।”

स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । त्यसैगरी हेलिकप्टरमा तीन जना रहेका थिए ।

अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेका छन्, ’रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु । अवस्थाको अनुगमन भइरहेको छ ।”

उनले यस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै अगाडि भनेका छन्, “मृतकका आत्मालाई भगवानले शान्ति प्रदान गरुन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ