प्रयागराज महाकुम्भमा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
1.6k
Shares
काठमाडौँ । भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।
गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएका थिए ।
मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १:०० देखि २:०० बजेको बीचमा भागदौड भएको बताए ।