arrow

यात्रुवाहक विमानमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
busan-plane.jpg

काठमाडौँ । दक्षिण कोरियाको बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार यात्रुवाहक विमानमा आगलागी भएको छ । 

आगलागीपछि यात्रु र चालक दलका सदस्यहरू विमान बाहिर निस्कन भागदौड मच्चिएको थियो । 

अग्नि नियन्त्रण अधिकारीहरूले सोलबाट लगभग ३२० किलोमिटर दक्षिण पूर्वमा रहेको बुसानको विमानस्थलबाट चीनको हङकङका लागि उडेको एयर बुसानको विमान उडान भर्नुअघि पुच्छरमा आगो लागेको बताए । 

सवार सबै १६९ यात्रु र सात चालक दलका सदस्यहरूलाई सुरक्षित बाहिर निकालिएको थियो । तीन जना घाइते भएको बताइएको छ । 

योनहापले विमानको पुच्छरबाट आगो शुरु भएपछि जहाजको फ्युजलेजमा फैलिएको बताएको छ । 

अग्नि नियन्त्रण अधिकारीहरूले आगो पूर्ण रूपमा निभाइसकेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ