काठमाडौँ । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा प्रथम प्रबीण रानाभाट, द्वितीय प्रनिसन राजभन्डारी र तृतीय सरोज बैजूलाई सम्मान गरियो ।
विजेताले क्रमश सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार पाए । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले “सेना दिवस २०८१” अवसरमा नेपाली सेनाको विभिन्न गतिविधि, हातहतियार, उपकरण, पोशाक तथा अन्य सामग्रीहरूको प्रदर्शनी गरिएको छ ।
माघ १५ गतेदेखि १८ गतेसम्म जंगी अड्डा परिसरमा “नेपाली सेना फोटो तथा वस्त्र प्रदर्शनी २०८१” सञ्चालन भइरहेको छ । नेपाली सेनाको इतिहास, वर्तमान गतिविधि र विविध पक्षलाई झल्काउने सामग्रीहरूको सेनाका गतिविधि र कलासंस्कृतिसँग सम्बन्धित विभिन्न स्टलहरू छन् ।