साहारा फुटबल एकेडेमीलाई लुम्बिनी बैंकको साढे दुई लाख
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
439
Shares
पोखरा । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई सहयोग गरेको छ ।
एकेडेमीमा आश्रित विद्यार्थीलाई बैंकले २ लाख ४५ हजार रुपैयाँ मंगलबार हस्तान्तरण गरेको हो ।
बैंक सञ्चालक समिति सदस्य राामचन्द्र सिग्देल र अर्जुन थापाले संयुतm रुपमा साहारा फुटबल एकेडेमीका अध्यक्ष केशवराज बराललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
सञ्चालक थापाले साहारा फुटबल एकेडेमीमा आश्रित बालबालिकाहलाई सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताए ।
एकेडेमीले खेलकुदको उन्नतिका लागि निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा उनले प्रशंशासमेत गरे ।
बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालबालिकाको खाजा र खानाका लागि खर्च गरिने बताए ।
कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रबन्धकहरु, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष बिनु रानामगर, सहकोषाध्यक्ष अशोक लालचन, पूर्व सहकोषाध्यक्ष लिलबहादुर थापा, पूर्वअध्यक्ष विक्रम थकाली र सल्लाहकार सुनिल गुरुङलगायत उपस्थित थिए ।
एकेडेमीमा हाल ४० कठिन एवं विपन्न परिस्थितिका बालक छन् । साहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरेको हो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आएको बैंकले ८९ शाखा कार्यालय तथा १ विस्तारित शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।