arrow

तराईमा बाक्लो हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

हाल कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशको तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु-कुहिरो लागेको अवस्था छ। आज देशभरका हिमाली क्षेत्रमा आंशिक बदली रही पहाडी क्षेत्रमा आंशिक बदली रहने छ । तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती    हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ