arrow

म्यानयुको संघर्षपूर्ण जित, कुन टिम कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
manutd-fulham-25.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिगका २३ औँ चरणका खेल सकिने क्रममा छन् । जसमा लिभरपुलको अग्रता कायमै रहेको छ भने आर्सनल पछ्याउँदैछ । 

यसैबीच गएराति भएको खेलमा म्यानचेष्टर युनाइटेडले संघर्षपूर्ण जित हासिल गरेको छ । म्यानयुले फुल्हमलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । 

खेलको ७८ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले निर्णायक गोल गरेका हुन् । लिगको सफलमध्येको एक म्यानयु पछिल्ला केही वर्षदेखि खस्किदै गएको छ । 

यो जितपछि म्यानयु २३ खेलबाट २९ अंकसहित १२ औँ स्थानमा रहेको छ । हारका बीच फुल्हम ३३ अंकसहित दशौँ स्थानमा छ । 

एक खेल कम खेलेको लिभरपुल ५३ अंकसहित शीर्ष स्थानमा रहँदा आर्सनल ४७ अंकसहित दोस्रो, नटिंघम फरेस्ट ४४ अंकसहित तेस्रो, म्यानचेस्टर सिटी ४१ अंकसहित चौथो तथा न्यूकासल युनाइटेड ४१ अंकसहित पाँचौँ स्थानमा छ । 

पूर्व विजेता चेल्सी ४० अंकसहित छैटौँ तथा बर्नमाउथ ४० अंकबाटै सातौँ स्थानमा छ । 

वुल्भ्स, इप्सिविच टाउन र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ