arrow

लिभरपुल बलियो स्थितिमा, पछ्याउँदै आर्सनल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
liverpool-25-1-26.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल बलियो स्थितिमा पुगेको छ । शनिबार राति भएको खेलमा इप्सविच टाउनलाई ४–१ ले हराउँदै लिभरपुलले शीर्ष स्थानको अग्रता बलियो पारेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा काड्यो गोक्पोले २ तथा डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरेका थिए। पाहुना टोलीका लागि भने ज्याकोव ग्रेसले गोल गरेका थिए।

खेलको ११औं मिनेटमा स्जोबोस्लले गोल गर्दै लिभरपुललाई शुरुआती अग्रता दिलाएका थिए। लिभरपुलका लागि सलाहले खेलको ३५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाएका थिए ।

खेलको ४४ औँ र ६६औं मिनेटमा गोल गदै गोक्पोले लिभरपुललाई ४(० को सहज स्थितिमा पुर्‍याए ।

निर्धारित समयको अन्तिम मिनेटमा ग्रेसले इप्सविचका लागि सान्त्वना गोल फर्काए । जितसँगै लिभरपुल २२ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

पराजित इप्सविच २३ खेलमा १६ अंकका साथ रेलिगेसन जोनमा छ ।

५३ अंकका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको आर्सनलको ४७ अंक रहेको छ। लिभरपुलले आर्सनलले भन्दा एक खेल कम खेलेको छ।

अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ ले पराजित गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ