ला लिगामा रियाल मड्रिड मजबुत, एम्बाप्पेको ह्याट्रिक
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
541
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । स्पेनिश लिग ला लिगामा रियाल मड्रिड मजबुत स्थितिमा पुगेको छ । आइतबार बिहान सम्पन्न खेलमा रियालले भल्लाडोलिडलाई ३–० ले हराएसँगै साविक विजेता रियाल लगातार दोस्रो उपाधिका लागि मजबुत भएको हो ।
रियालको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। ३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपेका थिए।
इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए। रियालबाट पहिलो ह्याट्रिक गरेका एम्बाप्पेको यो सिजन १५ गोल पुगेको छ।
यो जितसँगै रियालको २१ खेलबाट ४९ अंक भएको छ। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान खेलबाट ४५ अंक छ । एथ्लेटिकोले भिल्लारियलसँग १–१ को बराबरी खेलेको थियो।