काठमाडौँ । केही दिनदेखि काठमाडौँ उपत्यकाकामा चिसो कम हुँदै गएको महसुस गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा मौसम सफा भएको छ । हिजो आज काठमाडौँ उपत्यका वरिपरिदेखि देखिएका हिमालहरू निकै मनमोहक देखिएका छन् ।
कतिपय हिमालहरू हिंउ परेर सेत्तामे बन्द हिमालहरु मनमोहक दृश्य देखिन्छ। यस्तो लाग्छ हिमाल मुस्काएर उपत्यकावासीलाई आफ्नो अनुहार देखएका छन् ।
काठमाडौँदेखि देखिने हिमालहरुमा गणेश हिमाल, हिमालचुली र लाङटाङ ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल पनि काठमाडौँबाट देखिन्छ। काठमाडौँबाट देखिने अन्य हिमालहरुमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन् ।