arrow

ट्रम्पको शपथसँगै अशान्त युरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
donald-trump-oath-25-2nd.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको शुरुवाती दिनहरूले युरोपभरि अशान्तिको लहर फैलाएको छ । 

युरोपेली सङ्घलाई अनुचित व्यवहारको आरोप लगाउँदै ट्रम्पले व्यापार असन्तुलनलाई सम्बोधन गर्ने उद्देश्यले कर लगाउने घोषणा गरेसँगै युरोपभर अशान्ति मच्चिएको छ । 

नयाँ कार्यकालमा ट्रम्पका नीतिहरूले व्यापार सम्बन्ध मात्र नभई युरोपको क्षेत्रीय अखण्डता, रक्षा प्राथमिकताहरू र आर्थिक दृष्टिकोणलाई पनि असर पर्नेछ । 

व्यापारभन्दा बाहिर पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने ट्रम्पको निर्णयले युरोपेली समकक्षीहरूसँग फाटोलाई गहिरो बनाएको छ । 

ट्रम्पको दोस्रो कार्यकालमा युरोपले एउटा महत्त्वपूर्ण मोडको सामना गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ