arrow

महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार नेपालीको मृत्यु , परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
arju-rana-08-15.jpg

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीको मृत्यु भएको छ । गएराति भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीयको ज्यान गएको हो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी छन् । 

मन्त्री डा राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । 

मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ