arrow

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
sukraraj-salik.jpg

काठमाडौँ ।  विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो । 

तत्कालीन राणा शासकले विक्रम संवत् १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उनको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् ।  कार्यक्रममा बोल्दै डङ्गोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ