arrow

आमाले थिचेर छोराको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ९ बुधबार
crime-final-everytime-use.jpg

न्यूयोर्क । अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नो १० वर्षको बच्चालाई थिच्दा ती बालकको मृत्यु भएको छ । यस मुद्दामा महिलालाई ६ वर्षको जेल हालै सजाय सुनाइएको छ । ४८ वर्षीया जेनिफर ली विल्सनको तौल १५४ किलोभन्दा बढी छ ।

उनी आफ्नो छोरा डकोटा लेवी स्टीभेन्समाथी बसेकी थिइन्, जसको परिणामस्वरूप ती बालकको मृत्यु भयो। बच्चा बदमास थियो र उसलाई शान्त पार्नका लागि जेनिफर ती बालकको पेटमा जम्मा जम्मी ५ मिनेटसम्म पल्टिएकी थिइन्। सो भारी सहन नसकेर १० वर्षको छोराको मृत्यु भयो ।

केटाकेटीहरु घरमा खेल्छन् र झगडा गर्नु स्वभाविक भए पनि ती महिलाको १० वर्षको छोरा स्टिभेन्ससँग नमज्जाले रिसाइन् । त्यसपछि उनलाइ च्याप्प समातेर उनको शरिरमाथि चढेकी थिइन् । 

उनले हालै सो लापरवाहीका कारण बालकको अनाहकमा ज्यान गएको स्वीकार गरेकी छिन् । सो घटनामा जेनिफर ली विल्सनलाई राज्य सुधार गृहमा राख्ने गरी ६ वर्षको जेल सजाय सुनाइएको छ ।

समाचार अनुसार जेनिफरले पुलिसलाई भनिन्, ‘स्टीभन्स भुइँमा सुते र त्यसपछि म उनको पेटमा सुतेँ ।’ उनले अगाडि भनिन्, ‘उनी माथि म करिब ५ मिनेटसम्म बसेकी थिएँ होला, त्यसपछि बच्चा हिँड्न छाड्यो, उसले झूट बोलिरहेको महसुस भयो, तर बच्चा मरणासन्न भइसकेको थियो ।’ जेनिफरका अनुसार उनको उद्देश्य केवल आफ्नो छोरालाई सम्हाल्ने मात्रै थियो। 

सो घटनापछि जब स्थानीय प्रहरी विल्सनको घर पुग्यो, बच्चाको सास फेरिरहेको थिएन। यससँगै उनले स्टिभेन्सको घाँटी र छातीको तल्लो भागमा चोटको निशान पनि देखेका थिए । यसपछि स्टिभन्सलाई तुरुन्तै अस्पताल लगियो, जहाँ दुई दिनपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए। 

पोस्टमार्टम पछि मृतक स्टभेन्स ४ फिट १० इन्च अग्लो र उनको तौल ४० केजी मात्र थियो भने भने आमाको जेनिफरको उचाइ ४ फिट ११ इन्च र तौल १५४ किलो थियो । क भार थिाम्न नसकेर ती बालकको मृत्यु हुन पुगेको अदालतमा प्रहरीले बताएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ