स्वास्थ्य अवस्था स्थिर भएसँगै अस्पतालबाट डिस्चार्ज भए सैफ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
536
Shares
काठमाडौँ । बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानहरुले राहतको सास फेरेका छन् ।
सैफ अली खानलाई अस्पतालबाट घर लैजाँदा पत्नी करीना कपूर पनि उनीसँगै देखिएकी थिइन् । यसअघि करिना कपूर पति सैफ अली खान डिस्चार्ज हुनुअघि नै अस्पताल पुगेकी थिइन् ।
करीनाले सेतो रंगको टी–सर्ट लगाएकी थिइन् । ५ दिनपछि उनका श्रीमान् सैफ अस्पतालबाट डिस्चार्ज हुने हुँदा उनको अनुहारमा राहतको भाव थियो ।
चिकित्सकहरुका अनुसार सैफको स्वास्थ्यमा सुधार भइरहेको छ र उनको अवस्था अहिले स्थिर रहेको छ ।
उनी डिस्चार्ज भएसँगै सतगुरु शरण अपार्टमेन्टमा नगाइ फच्र्युन हाइट्सस्थित अपार्टमेन्टमा गएका छन् ।
जहाँ उनी पहिले रहन्थे । सैफमाथि आक्रमणकारीले घरातमा आफ्नै घरमा चक्कुले मेरुदण्डमा हानेको थियो ।
जहाँ ६ घाउ रहेका थिए । यतिसम्मकी चक्कुको अगाडिको भागसमेत मेरुदण्डमै अड्किएको थियो ।