arrow

ट्रम्पले गरे टिकटकको कार्यकारी आदेशमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
donald-trump-oath-25-2nd.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल टिकटकसँग सम्बन्धित कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । दोस्रो कार्यकाल राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिन उनले टिकटक सम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् ।  

टिकटकका सम्बन्धमा उनले विस्तृत जानकारी दिएका छैनन् । तर ट्रम्पले टिकटकलाई ९० दिनको समय दिने यसअघि बताइसकेका छन् । 

उनले भनेका छन्, ‘यो टिकटकसँगको सम्झौतामा निर्भर गर्छ । यदि यो एपले सम्झौता गर्दैन भने यो बेकार छ । यसले सम्झौता गर्छ भने यसको महत्व अर्बौं डलर हुनेछ ।’

ट्रम्पले आफू सय दिनभित्रै चीन भ्रमण बताइरहेका बेलामा यो आदेशमा हस्ताक्षर गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ