ट्रम्पको लिङ्ग नीतिः 'आजदेखि अमेरिकी सरकारका लागि दुई लिङ्गमात्र महिला र पुरुष'
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
1.5k
Shares
तस्बिर –प्रथम महिला मेलानिया ट्रमसँग माया साट्दै डोनाल्ड ट्रम्प, एपी ।
वासिंगटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो परिवर्तन ल्याउने कुरा गरेका थिए ।
शपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा उनले अमेरिकामा महिला र पुरुष लिङ्ग मात्रै पहिचान हुने घोषणा गरेका छन् ।
ट्रम्पले भने, ‘आजदेखि अमेरिकी सरकारका लागि दुई लिङ्ग मात्र हुनेछ, पुरुष र महिला । म सबै सरकारी सेन्सरशिप तुरुन्तै अन्त्य गर्न र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता पुनर्स्थापित गर्न कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नेछु।’
चुनाव प्रचारका क्रममा ट्रम्पले ट्रान्सजेन्डर समुदायविरुद्ध बयान दिएका थिए । ट्रम्पका रक्षामन्त्री पिट हेगसेथले सेनामा महिला र ट्रान्सजेन्डरलाई समावेश गर्दा अमेरिकाको सुरक्षा प्रणाली कमजोर भएको बताउँदै आएका छन् ।
योसँगै अमेरिकी सरकारको नजरमा तेस्रो लिङ्गी नै छैन । अर्थात् तेस्रो लिङ्गीलाई सरकारले मान्यता दिएको छैन ।