arrow

तीन प्रदेशमा आंशिक बदली, हिमाली भूभागमा हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लागेको अवस्था छ । 

आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

आज राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ