arrow

आठ करोड भन्दा बढी तीर्थयात्रीले स्नान गरे प्रयागराज महाकुम्भमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
prayagraj-mahakumbha-yogi-25-1-14.jpg

काठमाडौँ । प्रयागराज महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसोसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन् । 

जनवरी २० सम्म, सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ ।

यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

यसैबीच, महानिर्देशक (डीजी) अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गरे ।

उनले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताए ।

“यो घटनाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ । स्थानीय प्रहरी अधिकारीहरू यसमा छन् । धेरै हल्ला छन् तर छानबिनपछि सही कारण खुल्नेछ ।” 

मुख्यमन्त्री योगी आदित्यनाथले आगलागी भएको घटनास्थलको भ्रमण गरी घटनास्थलमा रहेका अधिकारी र अग्निनियन्त्रक टोलीसँग कुराकानी गरे । 

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गर्दै घटनाको जानकारी लिएका थिए । 

१३ जनवरीबाट शुरु भएको महाकुम्भ फेब्रुअरी २६ सम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ