arrow

मन्त्रिपरिषद्को बैठक

माघ १८ गते संसद् अधिवेशन बोलाउने सरकारको निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
pmo-singadarbar.jpg

काठमाडौँ । सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १ बजेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद्को आगामी अधिवेशन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिए।  उनले भने, ‘संसद्को आगामी अधिवेशन माघ १८ गते शुक्रवार बोलाउने निर्णय भयो ।’

 गुप्ताले सरकारले माघ १८ गते शुक्रवार दिनको १ बजे सदन बोलाउने निर्णय गरेको जानकारी दिए । उहाँले भन्नुभयो, ‘माघ १८ गते शुक्रवार दिनको १ बजे सदन बोलाइएको छ । प्रतिपक्षहरूले दिन दिनै कहिलेदेखि कहिलेदेखि भन्ने गर्दथे । अब माघको १८ गते शुक्रवार दिनको १ बजे संसद् बोलाइएको छ ।’

मन्त्री गुप्ताले प्रतिपक्ष दलहरूले कहिलेबाट संसद् बोलाउने भन्ने प्रश्न गरिरहेको भन्दै त्यसको जवाफ प्राप्त भएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ