arrow

बन्द कोठामा शपथ लिँदै ट्रम्प, डेढ सय वर्षपछि विदेशी साक्षी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
trump-24-11-6y.jpg
तस्बिर – फाइल ।

वासिंटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । तर वासिंटन डीसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा शपथ ग्रहण गर्ने भएका हुन् ।

सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले शपथ बन्द कोठामा लिन लागिएको हो ।

साथै १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् । डोनाल्ड ट्रम्पले चिसो मौसमका कारण क्यापिटल रोटुण्डामा शपथ ग्रहण समारोह आयोजना गर्न आदेश दिएको पुष्टि गरेका छन् ।

जानकारीका अनुसार राष्ट्रपतिको सम्बोधनका साथै अन्य भाषण अब भवन बाहिर नभई युएस क्यापिटलको रोटुण्डा भित्र हुनेछ । उद्घाटन परेड पनि लगभग १.६ किलोमिटर टाढा वाशिंगटनको क्यापिटल वन एरेनामा हुनेछ। 

पछिल्लो पटक शपथ ग्रहण समारोह पूर्व रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालको लागि घरभित्र नै आयोजित गरिएको थियो।

 उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहणपछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन् ।

ट्रम्पले आफ्नो पोस्टमा भनेका छन् कि क्यापिटल वन एरिनामा दिउँसो ३ बजेको लागि निर्धारित विजय र्‍यालीसहित अन्य सबै कार्यक्रमहरू उस्तै रहने छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ