हमासले अपहरण गरेका छुट्ने ३३ जनाको सूचीमा विपीन परेनन्
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
516
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएर छाड्न लागेका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ । युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन् ।
यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई सन् २०२३ को अक्टोबर ७ मा अपहरण गरिएको थियो । प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास छन्। त्यस्तै ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध व्यक्ति छन्।
उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन् । इजरायलले हालसालै युद्धविरामको घोषणा गरेको थियो । युद्धविरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने जनाइएको थियो ।
हमासद्वारा अपहरित बन्दीहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा विपीन जोशीको नाम भने छैन । उनको रिहाइको लागि पूर्व परराष्ट्र मन्त्री एनपी साउददेखि हालकी परराष्ट्र मन्त्री आरजू राणा देउवाले पहल गरिरहेका छन् ।