इजरायल–हमास युद्धविराम शुरु, हमासले दियो बन्दीहरूको सूची, पहिलो दिन तीन महिला छुट्दै
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
1.3k
Shares
तेल अभिव । हमास–इजरायल बीचको युद्धाविराम शुरु भएको छ । हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्वजनिक गरेसँगै इजरायलले युद्धविराम लागू भएको जनाएको हो ।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा स्थानीय समय अनुसार बिहान ८ः३० बजेबाट शुरु हुने भनिएको हमासले बन्दीहरूलाई रिहा गर्नका लागि नाम जारी नगरेसम्म गाजामा युद्धविराम शुरु नगर्न आफ्नो सेनालाई आदेश दिएका थिए ।
‘प्रधानमन्त्रीले आईडीएफलाई निर्देशन दिएका छन् कि बिहान ८ः३० बजेबाट लागू हुने भनिएको युद्धविराम इजरायलले हमासले उपलब्ध गराउने वाचा गरेको अपहरणकारीहरूको सूची जारी नगरेसम्म शुरु हुँदैन,’ प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत भनेको थियो ।
हमासले प्राविधिक क्षेत्र कारणहरू देखाउँदै नाम हस्तान्तरण गर्न ढिलाइ गरेको उसको आरोप रहेको छ । यद्यपि गत हप्ता घोषणा गरेको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको भने उसले जनाएको छ ।
अहिले नेतान्याहूले ट्वीटर (एक्स) मा पोष्ट गर्दै गाजामा युद्धविराम लागू भएको जनाएका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार युद्धविराम तीन घण्टा ढिला गरी शुरु भएको हो ।
बन्दीहरुको सूची आएसँगै त्यसको सुरक्षा जाँच भइरहेको जनाइएको छ ।
यद्यपि ती बन्दीहरु को को हुन् भन्ने खुलेको छैन ।
सम्झौताअनुसार पहिलो ४२ हप्तामा बन्धकहरुको रिहा हुनुपर्नेछ । ३३ इजरायली नागरिकहरु हमासको कैदमा छन् । जसमा तीन जना महिलाको पहिलो दिनमै रिहा हुने बताइएको छ ।