arrow

इजरायल–हमास युद्धविराममा ढिलाइ, हमासले बन्दीहरूको सूची नदिएसम्म शुरू नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
israel-hamas-AFP.jpg
तस्बिर – फाइल ।

तेल अभिव । आजबाट शुरू हुने भनिएको हमास–इजरायल बिचको युद्बविराममा ढिलाइ भएको छ। 

हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्वजनिक नगरेको भन्दै इजरायलले युद्बविरामको समय सीमा बढाएको छ । 

इजरायलका प्रधानमन्त्री नेतन्याहूले गाजामा स्थानिय समय अनुसार बिहान ८ः३० बजेबाट शुरु हुने भनिएको हमासले बन्दीहरूलाई रिहा गर्नका लागि नाम जारी नगरेसम्म गाजामा युद्धविराम शुरु नगर्न आफ्नो सेनालाई आदेश दिएका छन् ।

‘प्रधानमन्त्रीले आईडीएफलाई निर्देशन दिएका छन् कि बिहान ८ः३० बजेबाट लागू हुने भनिएको युद्धविराम इजरायलले हमासले उपलब्ध गराउने वाचा गरेको अपहरणकारीहरूको सूची जारी नगरेसम्म शुरु हुँदैन,’ प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत भनेको छ ।

हमासले प्राविधिक क्षेत्र कारणहरू देखाउँदै नाम हस्तान्तरण गर्न ढिलाइ  गरेको उसको आरोप रहेको छ । यद्यपि गत हप्ता घोषणा गरेको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको भने उसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ