कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
760
Shares
काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गरेका हुन् ।
थापामाथि केही व्यक्तिले हिजो झापामा आक्रमण गरेका थिए । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको छ ।
'उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गर्दछ ।' विज्ञप्तिमा उल्लेख छ ।