arrow

तनावमा चीनः लगातार तेस्रो वर्ष घटयो जनसंख्या 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ५ शनिबार
China-Population-Structure-Change-Demands-Economic-Reform.jpg.jpeg
तस्बिर – फाइल ।

बेइजिङ । चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष पनि घटेको छ । पछिल्लो समयमा पूर्वी एसियाली महाशक्तिमा जनसांख्यिकीय सङ्कट सामना गरिरहेका देशहरूमा चीन पनि पर्न गएको छ। 

राष्ट्रिय तथ्याङ्क ब्यूरोले शुक्रबार सार्वजनिक गरेको रिपोर्ट अनुसार चिनियाँ जनसङ्ख्या गत १२ महिनामा १।३९ मिलियनले घटेर १.४०८ बिलियनमा रोकिन पुगेको छ । उसका अनुसार मृत्युदरको संख्या जन्मदरभन्दा अगाडि बढिरहेको छ।

सन् १९८० को दशकदेखि चीनको जनसङ्ख्या निरन्तर घट्दै गइरहेको छ । सन् १९६१ यता चीन विनाशकारी ‘ग्रेट लीप फर्वार्ड’ योजना पछि मृत्युको संख्यामा भन्दा जन्मदर कम भएको २०२२ मा पहिलो पटक रेकर्ड गरिएको थियो । सन १९६१ मा भोकमरी परी २ करोड मानिसको मृत्यु भएको भनिदै आएको छ ।

बेइजिङले घट्दो जन्मदरलाई रोक्नका लागि हालसालै गरेका प्रयास सफल नभएको देखिएको छ । दीर्घकालीन योजना असफल भएको जनाउँदै तथ्यांक बिभागले मुलुकले धेरै जनसांख्यिक चुनौतीको सामना गरिरहेको स्वीकार गरेको छ।

ब्यूरोले आफ्नो प्रतिवेदनमा भन्यो,  ‘बाह्य वातावरणले ल्याएको प्रतिकूल प्रभाव बढ्दै गएको, घरेलु माग अपर्याप्त छ, कतिपय उद्योगलाई उत्पादन र सञ्चालनमा कठिनाइ भइसकेको छ र अर्थतन्त्रले अझै पनि कठिनाइ र चुनौतीहरूको सामना गरिरहेको छ,’ ब्यूरोले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ