arrow

इजरेल र हमासबीचको युद्धविरामपछि खुशीयाली

इजरेल र हमासबीचको १५ महिनाको विनाशकारी द्वन्द्वको अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
israel-palestine-lebanon-co.jpg

काठमाडौँ । हर्ष र दुःखको मिश्रणबीच दशौं हजार प्यालेस्टिनीहरू हमास र इजरेल बीचको युद्धविराम सम्झौताको खुशीयालीमा सडकमा उत्रिएको छ । 

इजरेल र हमासबीचको १५ महिनाको विनाशकारी द्वन्द्वको अन्त्य भएको छ ।

प्यालेस्टिनी झण्डा फहराउँदै धेरैले युद्धविराममा राहत व्यक्त गरे । तर युद्धको क्रममा भएको क्षतिको शोकले आफ्नो उत्सवलाई कम गरेका छन् ।

कतारी प्रधानमन्त्री र विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले घोषणा गरे कि हमास र इजरेल आईतवारदेखि लागू हुने युद्धविराम सम्झौतामा पुगेका छन् । 

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ