arrow

टाइगर कप : गण्डकीले भित्र्यायो तीन विदेशी खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
tiger-cup-pokhara-volleyball.jpg
फाइल तस्बिर

पोखरा । पोखरामा पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

गण्डकीले पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित तीन खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङले जानकारी दिए । 

फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो । 

अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए ।

गण्डकी अघिल्लो संस्करणको उपविजेता हो । यसपटक भने गण्डकीले महिला टोलीलाई सहभागी बनाएको छैन । 

टाइगर कपमा यस पटक महिला र पुरुषतर्फ छ-छ टोलीले सहभागिता जनाउने भएका छन् । 

यस वर्षको प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले दुई लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।

तृतीय हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साथै विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ