arrow

माइमेलामा भक्तजनको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
maimela-jhapa.jpg

काठमाडौँ । झापाको कनकाई नदी किनारमा सुरु माइमेलामा मंगलबार माघे सङ्क्रान्तिको अवसरमा हजारौँ भक्तजनले स्नान गरेका छन् ।

मेलामा सहभागी हुन कोशी प्रदेशलगायत भारतबाट पनि हजारौंको सङ्ख्यामा भक्तजन आएका थिए । शिवसताक्षी नगरपालिका-१० स्थित कनकाई माइको किनारमा सुरु मेलामा हजारौँको सङ्ख्यामा भक्तजन सहभागी हुने भएपछि एक सय प्रहरी तथा नगर प्रहरीले सुरक्षा दिएका थिए । 

साथै ट्राफिक व्यवस्थापनमा उच्च सतर्कता अपनाइएकाले सवारी आवगमनमा कुनै अवरोध नभएको वडा नं. १० अध्यक्ष हर्क सिगुले बताए । 

माइमेला गत पुस २८ गते शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले उद्घाटन गर्नुभएको थियो । मेला यही माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ