arrow

जम्मू कश्मीरमा जेड-मोर सुरुङको प्रधानमन्त्री मोदीले गरे उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
narendra-modi-25-1-13.jpg

श्रीनगर। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको सोनमर्ग क्षेत्रमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण ६.५ किलोमिटर लामो जेड-मोर सुरुङको उद्घाटन गरेका छन् । सोमबार उद्घाटन भएसँगै यसले पर्यटकीय गन्तव्यलाई वर्षभरि पहुँचयोग्य बनाउने विश्वास लिइएको छ ।

जेड-मोर सुरुङ निर्माणमा २ हजार ७ सय करोड रुपैयाँ लागत लागेको छ । सुरुङको उद्घाटन गरेपछि प्रधानमन्त्री मोदी उक्त सुरुङभित्र पसे र परियोजनाका अधिकारीहरूसँग अन्तरक्रिया गरे । 

उनले सुरुङ निर्माण सम्पन्न गर्न कठिन परिस्थितिमा सावधानीपूर्वक काम गर्ने निर्माणकर्मीहरूलाई पनि भेटे । उक्त उद्घाटनको क्रममा केन्द्रीय मन्त्री नितिन गडकरी, जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाह पनि उपस्थित थिए । 

अधिकारीहरूका अनुसार मोदी बिहान १०:४५ बजे श्रीनगर विमानस्थलमा अवतरण गरी सुरुङ उद्घाटन गर्न सोनमर्ग गएका थिए । उनले एक सार्वजनिक सभालाई पनि सम्बोधन गरेका थिए ।

गत वर्ष सेप्टेम्बर-अक्टोबरमा विधान सभा चुनाव सम्पन्न भएपछि यो उनको पहिलो जम्मू-कश्मीर भ्रमण हो । 

मध्य कश्मीरको गन्देरबल जिल्लाको गगनगीर र सोनमर्ग बीच निर्माण गरिएको ६.५ किलोमिटर लामो दुई लेनको सडक सुरुङमा आपत्कालीन अवस्थाका लागि समानान्तर ७.५ मिटर चौडा निकासी मार्ग पनि छ । यो सुरुङ दुईतर्फी यातायातको लागि हुनेछ।

समुद्री सतहबाट ८ हजार ६५० फिटको उचाइमा अवस्थित यो सुरुङले लेह हुँदै श्रीनगर र सोनमर्ग बीचको सबै मौसमी सम्पर्कलाई बढवा दिनेछ । पहिरो र हिम पहिरोको जोखिमपूर्ण मार्गहरूबाट यो बच्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ